धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजयकुमार यादव रहेका धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको हो ।
सबैला नगरपालिका–९ कुशमाहा सतोषर र गेरुवाहिको बीचमा रहेको परिक्रमा सडकखण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा परी एकजनाको खुट्टा पूर्णरूपमा भाँचिएको छ । उक्त दुर्घटनामा सबैला नगरपालिका–७ चौरियामटही बस्ने जितु ठाकुर बरही र सोही नगरपालिका–५ मखनाहा बस्ने २२ वर्षीय सुरज मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबैला–१० बस्ने २५ वर्षीय मनोज यादव र २४ वर्षीय रवीन्द्र मण्डलको अवस्था भने सामान्य रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।