कचौरामा दूधभात दिनुस् छिमेकीको बिरालो आफैँ आउँछ, प्रचण्डमा यही स्वभाव हावी छ २५ फागुनसम्म प्रतीक्षा गर्छौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन् । वचन फेर्ने प्रचण्डको पुरानो बानी नसुध्रिएको उनको आरोप छ ।  

आइतबार राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘प्रचण्डजी एकथरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने ?’ 

माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिलादेखि नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डको व्यवहार नसुध्रिएको आरोप लगाए । 

‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नुपर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूधभात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ,’ ओलीले भने ।

१० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतीक्षा गरिरहेको बताए ।





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार १७:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया