नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्ने पार्टीसँग एकताबद्ध भएर जान सकिने बताएका छन् । मन, भावना, संगठन सबै कुरा मिल्छ भने त्यस्तासँग संगठनसँग एकताबद्ध हुन सकिने उनको भनाइ छ ।
आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशका समस्यालाई समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए । एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताउँदै उनले संकटको बेलामा सबै दलले हातेमालो गर्दा राम्रो हुने बताए ।
‘नेपालमा जस्तो किसिमका चुनौती देखिएका छन्, ती चुनौती सामना गर्न सबै राजनीतिक दल एकजुट भएर जानुपर्छ,’ उनले भने, ‘सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो । मिलेर जानुपर्छ ।’
आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका कुराहरू मात्रै भएको अध्यक्ष नेपालको टिप्पणी छ । वामपन्थी शक्तिहरूसँग मिलेर जानका लागि आफूहरूले आह्वान गरिरहेको भन्दै उनले एजेण्डा मिल्नेसँग सहकार्य गर्न तयार रहेको बताए । तर, कुनै पार्टीमा विलय नहुने उनले बताए । वाला छैनौँ ।’
‘यदि समाजवादी शक्तिहरू, वामपन्थी शक्तिहरू राष्ट्रिय इस्यूहरुमा, जनताका इस्यूहरुमा, लोकतन्त्रका इस्यूहरुमा, गणतन्त्रका इस्यूहरुमा, संविधानको इस्यूहरुमा मिलेर जान्छन् भने हामी सहकार्य गर्दै अगाडि बढ्नेछौँ,’ उनले भने, ‘अझै अगाडि बढ्न चाहन्छन् भने हामी मोर्चा बनाएर पनि अघि बढ्न तयार छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।