प्रधानमन्त्रीसँग भेटेपछि विश्वासको मत पाउनेमा ढुक्क सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।  मुख्यमन्त्री शाह र प्रचण्डबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिन नसकेपछि धारा १६८ को उपधारा ३ बमोजिम कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले पनि विश्वासको मत लिएका छैनन्। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

मुख्यमन्त्री शाहले प्रदेशसभामा विश्वासको मत लिने तयारीका लागि प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, प्रदेश सरकार तथा मुख्यमन्त्रीले लिने विश्वासको मतलगायत सुदूरपश्चिमको विकासका सन्दर्भमा कुराकानी भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार २२:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया