थुनामुक्त भए पल शाह

उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।  

नाबालिक बलात्कारको आरोप लागेपछि गत वर्ष १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी एक वर्षपछि थुनामुक्त भएका हुन् । 

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार नै गएका थिए । उनीहरूले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पलले सफाइ पाएका हुन् ।   





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ११:५५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया