धनुषामा बलात्कार मुद्दाका अभियुक्त प्रहरीको गाडीबाट हतकडीसहित फरार
सांकेतिक तस्बिर

धनुषामा बलात्कार मुद्दामा पक्राउ परेका एक अभियुक्त प्रहरीको गाडीबाट हतकडी​ फरार भएका छन् ।

धनुषाको सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन् ।

मुखियालाई आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई इलाका प्रहरी कार्यालय सबैला लगिररहेको क्रममा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम फालेर फरार भएका छन् । 

फरार मुखियाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

केही दिन अघि मात्र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए । उनीहरूमध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन् ।  





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १३:२८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया