हात्तीले किन आफ्नो शरीरमा पानी फाल्छ

सायद हामी सबैले हात्ती देखेकै छौँ । र हात्तीले सुँडले आफ्नो शरीरमा पानी हालेको पनि देखेकै छौं होला । तर हात्तीले किन यसरी आफ्नो शरीरमा पानी हाल्छ भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ । 

स्विट्जरल्यान्डको युनिभर्सिटी अफ जेनेवा र स्विस इन्स्टिच्युट अफ बायो इन्फारमेटिक्सका वैज्ञानिकले यो प्रश्नलाई सुल्झाएको दाबी गरेका छन् । प्रतिष्ठित जर्नल नेचर कम्युनिकेसनमा प्रकाशित अध्ययनअनुसार हात्तीलाई प्रकृतिले चमत्कृत हुने छाला प्रणाली दिएको छ । जसको सहायताले हात्ती आफ्नो शरीरलाई शीतल राख्छ । 

 

खास छ छाला 

भीमकाय आकारसँगै न्यानो र सुक्खा स्थानमा बस्न मन पराउने हात्तीको छाला गहिरो दरारहरूले भरिएको हुन्छ । यो जनावरमा मानिसको जस्तो पसिना ग्रन्थि हुँदैन । र यसले आफ्नो तापक्रम नियन्त्रण गर्न सक्दैन ।

जब हात्ती यो दरारयुक्त स्थानमा पानी हाल्छ तब ती छिद्रको जालबाट पूरै शरीरमा पानी फैलिन्छ । यसरी पाँचदेखि दस गुणा बढी समय पानी शरीरमा रहन्छ । पानी वाष्पोत्सर्जन प्रक्रियाबाट हात्ती आफ्नो शरीरलाई शीतल बनाइराख्छ । 



जीवको क्रमिक विकासका कारण उनीहरूको तापमान नियन्त्रणमा अलगै तरिका विकसित हुँदै गयो । कतिपय जनावर पसिनाको माध्यमबाट आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्छन् । त्यस्तै, कतिपय जनावरको रक्तशिरा चौडा हुन्छ । केही जनावरमा छिटोछिटो सास लिएर आफ्नो तापक्रम सन्तुलनमा राख्न सक्ने क्षमता हुन्छ । 

जीवको शरीर जति ठूलो हुन्छ उसलाई आफ्नो तापमान सन्तुलनमा राख्न उति नै कठिन हुने अध्ययनले देखाएको छ ।
 



  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार ६:५७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया