सिटिइभिटी मधेस प्रदेश कार्यालयको निर्देशकमा चौधरी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मधेस प्रदेश कार्यालयको निर्देशकको रुपमा अरविन्दकुमार चौधरी हाजिर भएका छन् ।
 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालय हेटौंडाबाट सरुवा भएर आएका चौधरी सोमबार जनकपुरधामस्थित परिषद्को कार्यालयमा हाजिर भएका हुन् ।
 
चौधरीलाई बागमती प्रदेश कार्यालय हेटौंडाबाट गत माघ २३ गते परिषद्को मधेस प्रदेश कार्यालयमा सरुवा गरिएपनि सदस्य सचिवस्तरीय निर्णयअनुसार माघ २५ गते परिषद्को सिटिइभिटी नीति निर्माणसम्बन्धी काममा परिषद्का सदस्यसचिवलाई सहयोग पुर्याउन २६ गतेदेखि लागु हुने गरी १ महिनाका लागि परिषद्को केन्द्रीय कार्यालय तानिएको थियो । 

एक महिना नबित्दै उनलाई पुनः फागुन १४ गते परिषद्को मधेस प्रदेश कार्यालयमा काजफिर्ता पठाइएको छ । चौधरीको पदाधिकार साविकबमोजिम राखी अर्को निर्णय नभएसम्मका लागि प्रदेश कार्यालयको निर्देशकको कामकाज गर्ने गरी काज फिर्ता गरिएको छ ।
 
यससँगै चौधरी सोमबार दिउँसो कार्यालयमा हाजिर भएका हुन् । कार्यालयका कर्मचारीहरुको उपस्थितिमा उनले कार्यालय प्रमुखको कार्यभार सम्हालेका छन् । 

कार्यालयमा हाजिर भएपछि चौधरीले कार्यालयको सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताए । नियमानुसार महसुस हुने गरी सेवा दिन र्निेशक चौधरीले कर्मचारीलाई पनि निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार १९:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया