पूर्वी टर्कीमा पुनः सोमबार ५.६ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पमा परी थप एकजनाको मृत्यु भएको छ ।
सो भूकम्पमा परी ६९ जना घाइते भएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
दुई हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।
लगातार आएको भूकम्प र पराकम्पका कारण उद्धार र राहत वितरणमा समस्या भइरहेको टर्की सरकारले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।