देउवाले रामचन्द्रका लागि ओलीसँग मागे भोट

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भोट मागेका छन् ।   

देउवाले सोमबार साँझ पत्र पठाउँदै कांग्रेसबाट राष्ट्रपति उम्मेदवार रहेका रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । देउवाले भोट मागेको पत्र कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाएका थिए ।  

यसअघि ओलीले भने कांग्रेसबाहेकका दल र स्वतन्त्र उम्मेदवारलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा नेम्वाङका लागि भोट मागेका थिए ।

यही २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।   





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार ८:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया