गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलामा भावना नहुने अध्ययनकाे निष्कर्ष

एजेन्सी– जर्मनीको ग्रिफ्सवाल्ड विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एक अध्ययनले गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलाहरुमा खुशी वा डरलगायतका ‘फिलिङ’ कम हुने निष्कर्ष निकालेको छ । 

यो अध्ययनले गर्भनिरोधक चक्की (ओसिपी) प्रयोग गर्ने महिलाहरुको भावनात्मक पहिचानमा सुक्ष्म परिवर्तन भएको खुलासा गरेको छ । यो अध्ययन ‘फन्ट्रीयर्स इन न्युरोसाइन्स’ मा प्रकाशित भएको छ । अन्यभन्दा ओसिपी प्रयोग गर्ने महिलाहरुमा कम्तिमा पनि १० प्रतिशतले कम हुने सम्भावना देखाएको छ ।

यतिमात्र होइन, अध्ययनकर्ताहरुले ओपिसीको प्रयोगले महिलाहरुमा सामाजिक तथा अन्य सम्बन्धमा पनि प्रभाव पार्न सक्ने आशङ्का गरेका छन् । तर, यसको राम्रो पक्ष चाहिँ ओसिपी प्रयोगले कोलन क्यान्सर तथा गर्भाशय क्यान्सरको सम्भावनालाई पनि कम गर्ने उनीहरुको अध्ययनले देखाएको छ ।

तर, यसको प्रयोगले महिलाहरुमा हर्मोनल असन्तुलन हुने र यसले अनियमित महिनावारीसँगै बाँझोपनजस्ता गम्भीर समस्या निम्त्याउन पनि सक्ने छ । त्यस्तै, यसले स्तन क्यान्सर तथा उच्च रक्तचापको खतरा पनि बढाउने अध्ययनले देखाएको छ । यो सँगसँगै ओपिसीका कारण  मनोवैज्ञानिक प्रभाव अझ बढी देखिँदै आएको छ ।

ग्रिफ्सवाल्ड विश्वविद्यालयका एलेक्जेन्डर लिश्चका अनुसार संसारभर १० करोड महिला गर्भनिरोधक चक्कीको प्रयोग गर्ने गर्छन् तर यसले उनीहरुको भावना, बोध तथा व्यवहारमा पर्ने असरको बारेमा भने निकै कम जानकारी छ । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार ७:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया