दाङमा अटो दुर्घटना : युवकको मृत्यु, एकजना घाइते

दाङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ । यस्तै, तुलसीपुर–९ दोघरेका २५ वर्षीय सन्तोष वली घाइते भएका छन्  । 

मंगलबार बिहान करिब ११ बजे तुलसीपुर–३ दमार गाउँस्थित डाँडाखुटीदेखि बेलुवातर्फ जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा भण्डारी र ओली घाइते भएका थिए।   

घाइते दुवैलाई उपचारको लागि अस्पताल लगिएको थियो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भण्डारीलाई थप उपचारको लागि दिउँसो १२ बजे मेडिकल कलेज कोहलपुर बाँके रेफर गरिएको थियो । 

उनको उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।  

घाइते वलीको राप्ती पोलिक्लिनिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अटो चालक तुलसीपुर–३ का २३ वर्षीय प्रेम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार ७:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया