प्रहरीको भ्यानबाट भागेका बलात्कार आरोपित मुखिया पक्राउ

धनुषा प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका बलात्कारका आरोपित तीन दिनपछि पक्राउ परेका छन् ।  

गत आइतबार साँझ करिब ७ बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका–३ स्थित यदुकुहा र सशस्त्र क्याप्पको बीचको नहरमा हाम फालेर फरार भएका सबैला नगरपालिका–१३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

मंगलबार राति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका–१ इनरुवास्थित भारतीय सीमा नजिक भारततर्फ जानको लागि लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

यस्तै, फागुन ५ गते जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरी लैजाँदै गरेको अवस्थामा थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीमाथि प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता गाैतमले बताए । 





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १०:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया