\
प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ। नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।
जसअनुसार एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।
‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्,’ प्रस्तावमा भनिएको छ।
प्रदेश सचिवालयले तोकेको समयसीमाभित्र एक मात्रै नाम प्रस्ताव भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।