प्रदेश १ को नाम नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, नेपालले ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसले ‘कोशी’ नामाकरण गर्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएपछि नेकपा एस र जसपा नेपालले ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नुपर्ने प्रस्ताव दर्ता गराएका हुन् ।
नेकपा एसका मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ ।
नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको सर्मथनमा ‘कोशी’ नाम यसअघि नै दर्ता भइसकेको छ । एमालेको ४० र कांग्रेसको २९ मत रहेकाले बहमुतका आधारमा सहजै प्रदेश नामको प्रस्ताव पारित हुनेछ । आवश्यक ६३ मत भन्दा बढी ६९ मत रहेकाले कांग्रेस एमालेको प्रस्ताव पारित हुने देखिएको छ ।
एमाले कांग्रेसको प्रस्तावलाई माओवादी केन्द्रले पनि समर्थन जनाउन सक्ने भएकाले आजै नामाकरण हुने गरी प्रदेश संसद सचिवालयले कारबाही अघि बढाएको छ ।
अपराह्न १ बजेको बैठक बोलाए पनि सहमतिको प्रयास जारी रहेको भन्दै अझै बैठक सुरु भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।