प्रदेश १ : एमालेले प्रस्ताव गरेको ‘कोशी’ नामबाट कांग्रेसको समर्थन फिर्ता

यसअघि प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने भन्दै समर्थन जनाएकाे नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ । 

यसअघि एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको प्रस्तावबाट कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

सत्ता साझेदार माओवादी केन्द्रले एमालेको प्रस्तावमा जान नहुने भन्दै असहमति जनाएपछि कांग्रेसले सोही नाम गरेर अर्को प्रस्ताव दर्ता गराउनका लागि समर्थन फिर्ता लिएको बुझिएको छ । 





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १६:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया