भारतबाट घटेर आयाे पेट्रोलियम पदार्थको मूल्य

इण्डियन आयल कर्पोरेसन (आइओसी)ले बुधबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएकाे छ । जसअनुसार एलपिजीबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेकाे छ । 

आइओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने क्रममा बुधबार १ तारिखमा नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । 

यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टीतेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । 

खाना पकाउने एलपिजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपिजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । जबकि, निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपिजी ग्यास बिक्री गर्दै आइरहेको छ ।

एलपिजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ आसपास नाफा हुने देखिएको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १७:५६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया