नाम राखिएको खुसियालीमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।
बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।