नेपाली कांग्रेससहित आठ दलले आज काठमाडौंमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बताइएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
प्रशिक्षण कार्यक्रममा कांग्रेससँगै माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।