पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो, नेपालमा भने स्थिर

पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आए पनि नेपालमा भने स्थिर रहेको छ । नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको हो ।

भारतीय आयल कर्पोरेशन (आइओसी) बुधबार ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको भएतापनि एनओसीले भने आन्तरिक बजारमा मूल्य स्थिर राखेको हो।  

आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेल प्रतिलिटर पाँच रुपैयाँले, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ३९ रुपैयाँले वृद्धि भएको छ। 

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको छ। 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार ९:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया