रामचन्द्रजी लोकतन्त्रको खिलाफमा आफू पनि कहिल्यै जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी बनाउन सबैलाई आह्वान गरेका छन् । पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र संघर्ष गरेका नेता भएको उल्लेख गर्दै उनले साे आह्वान गरेका हुन् ।

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले ८ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि बिहीबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभापति देउवाले भने, ‘नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न ।’

उनले नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर्द्धन र राजनीतिक स्थायित्वमा उनको ठूलो योगदान रहेको बताउँदै सभापति देउवाले नेपाली राजनीतिमा उनले गरेको योगदानबारे सबैलाई अवगत रहेको उल्लेख गरे ।

नेता पौडेललाई राष्ट्रपतिमा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरेका छन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ ।


 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १८:३८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया