श्रीलंकामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको नेपाली टिमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाइ दिएका छन् ।
सभापति देउवाले बिहीबर साँझ सामाजिक सञ्जालमार्फत विजयी नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका हुन् ।
उनले भनेका छन्, ‘श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।’
दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम जियी भएको हो ।
जितसँगै नेपालले अर्को वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउने पक्का भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।