आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यक्रम आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे हुनेछ । कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन् ।
बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।