सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन माओवादी र उन्मुक्तिको सर्तैसर्त

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन दुईवटा पार्टीले सर्त राखे पछि पुनः अन्यौल सिर्जना भएको छ ।नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले राखेका सर्तका कारण भोलि लिन खोजिएको विश्वासको मत अन्यौलमा परेको छ । 

माओवादी केन्द्रले यथास्थितिमा मत दिन नसक्ने भन्दै केन्द्रीय कार्यालय, पेरिसडाँडालाई खबर गरेको छ भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षरविना विश्वासको मत दिन सकिँदैन,’ भन्ने प्रस्ट पारेकी छिन् । दुवै पार्टीले मन्त्रालय भागबन्डामा कांग्रेस अनुदार देखिएको भन्दै तत्काल मत दिन नसकिने जनाएका हुन् । 

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । 

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए ।  

माओवादी केन्द्र र नेपाली कांग्रेसको केन्द्रमा गठबन्धन बनेपछि सुदुरपश्चिममा भने कांग्रेस ढुक्क देखिएको छ । तर, शनिबार दुवै दलले सर्त राखेपछि मुख्यमन्त्री शाह भने अन्यौलमा परेका छन् । 

यद्यपि, विश्वासको मत लिनुअघिसम्म दुवै दलसँग सहमति भएर विश्वासको मत पाउने विश्वास मुख्यमन्त्री शाहले गरेका छन् । आज र भोलि पनि शाहले दुवै दलसँग वार्ता र छलफल गर्नृे कांग्रेस नेताहरुले जनाएका छन्।





  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार १९:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया