सहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच १-१ को बराबरी

मनाङ–मर्स्याङ्दी क्लबले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग बराबरीबाट सुरुवात गरेको छ । मनाङले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङका लागि रोशन रानामगरले गोल गर्दा शेर्पाका सुरेश कुमालले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले १–० को अग्रता लिन सफल भएको थियो । उनको प्रहार सन्जित राईलाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर, त्यो अग्रतालाई मनाङले दोस्रो हाफमा जोगाउन सकेन । ८५औं मिनेटमा सुरेश कुमालले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५९औं मिनेटमा राजकुमार कुँवरको स्थानमा मैदान छिरेका सुरेशले मनाङका गोलरक्षक दीप कार्की आफ्नो पोजिसनमा नरहेको अवस्थामा गरेको प्रहारले जाली चुम्न पुगेको थियो ।

यस बराबरीसँगै मनाङ र शेर्पाले पहिलो खेलबाट समान १ अंक जोडेका छन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार २०:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया