इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीको जितमा वेस्ली फोफानाले निर्णायक गोल गरे ।
उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । यो जितपछि दसौँ स्थानमा रहेको चेल्सीले २५ खेलमा ३४ अंक जोडेको छ ।
पराजित लिड्स २२ अंकका साथ १७ औं स्थानमा रहेको छ । गएराति नै सम्पन्न अर्को खेलमा उल्भ्सले टोटेनहमलाई १–० ले हराएको छ ।
त्यस्तै, ब्राइटनले वेस्ट ह्यामलाई ४–० ले पाखा लगाउँदा एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई १–० ले हरायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।