एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ : ओली
'यसअघिका दुवै राष्ट्रपतिले मुलुकको हितका लागि काम गरे, संकीर्ण मानसिकता भएकाहरूले आलोचना गरे'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् । 

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । 

राष्ट्रपतिकाे आलोचना गर्नेहरु संकीर्ण मानसिकता भएको जिकिर गर्दै ओलीले यसअघिका दुवै राष्ट्रपतिले मुलुकको हितका लागि काम गरेको बताएका छन्। 





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार १५:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया