१७औँ सत्याग्रह बस्ने डा. केसीको चेतावनी

काठमाडौं– चिकित्सा शास्त्र शिक्षामा सुधारको माग राख्दै आएका प्रा.डा. गोविन्द केसीले १७औँ अनशन बस्ने चेतावनी सरकारलाई दिएका छन् । संसद्मा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल सच्याउन माग गर्दै केसीले तत्कालै नसच्याए जुनसुकै समयमा १७औँ सत्याग्रह थाल्ने चेतावनी सरकारलाई दिएका हुन् । 

चिकित्सा शिक्षा विधेयक आफूसँग भएको सहमतिअनुसार आउनुपर्ने भन्दै केसी यसअघि पुस २५ गतेबाट १६औँ अनशन सुरु गरेका थिए । सरकारले माग सम्बोधन नगरेपछि आफैँले उनले माघ १८ गते अनशन तोडेका थिए ।  

बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीले लेखेका छन, ‘संसद्मा दर्ता भएका दुई विधेयकमा हाम्रो गम्भीर आपत्ति छ । जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजिँदै छ ।’ 

नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक कदापि स्वीकार्य नहुने उल्लेख गर्दै १५औ सत्याग्रहका माग पनि अविलम्ब कार्यान्यवन गर्न उनले जोड़दार माग गरेका छन् । अन्यथा, जुनसुकै समयमा आमरण अनसन सुरु गर्ने उनले चेतावनी दिएका छन् ।





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १६:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया