इन्जिनको सुरक्षा जाँच नसकुन्जेलसम्म श्री एयरलाइन्सले उडान भर्न नपाउने

श्री एयरलाइन्सले जहाजको इन्जिन सुरक्षा जाँच नसकुन्जेलसम्म उडान भर्न नपाउने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै श्री एयरलाइन्सलाई उडानका लागि अनुमति दिइने भएको हो ।

केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिने बताइएको छ । त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन् ।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको दुईमध्ये एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । 

प्राधिकरणले अनुमति नदिँदासम्म आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् । श्री एयरलाइन्सका साना–ठूला गरी ८ वटा जहाज छन् । 





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार ८:१७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया