रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नाउपाको निर्णय

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।  

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको नाउपाका संसदीय दल प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । 

श्रेष्ठ गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–१ बाट निर्वाचित भएकी थिइन् । नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ । 

सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।  

उपराष्ट्रपतिको मनोनयन दर्ता २९ फागुनमा हुँदैछ ।   





  • प्रकाशित मिति : फागुन २६, २०७९ शुक्रबार १२:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया