उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी दर्ता, सत्ता गठबन्धनबाटै तीन जना उम्मेदवार

जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सत्तारुढ चार दल नेपाली कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमतले भने छुट्टै आफ्नो उम्मेदवार तयार गरेको हो  । 

झासँगै १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ । यसअघि जनता समाजवादी पार्टी, नेपालबाट दुई जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो ।

नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । 

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको थियो । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
 





  • प्रकाशित मिति : फागुन २७, २०७९ शनिबार १४:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया