नेपालमा सातजनामा कोरोना संक्रमण पुष्टि
फरकधार / २७ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।



मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 



सोही अवधिमा ३ हजार ९८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 



शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ । 





  • प्रकाशित मिति : फागुन २७, २०७९ शनिबार १८:३२:८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया