समीक्षा अधिकारीको ‘रुँदै हिँड्नु पर्छ’ सार्वजनिक

गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘रुँदै हिँड्नु पर्छ’ सार्वजनिक भएको छ । गीतमा उनीसँगै सुवास खत्री र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । 

सुजित खत्रीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाइलीले संगीत भरेका छन् । सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पीडा र व्यथालाई गीतमा समेटिएको छ । 

विशाल घिमिरे निर्देशित गीतको भिडियोमा सारिका केसी र दिनेश पुरीले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् ।  





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १२:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया