जनता समाजवादी पार्टी (जसपा) ले प्रमिला यादवलाई उपराष्ट्रपति पदबाट उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ ।
आइतबार बसेको जसपाको बैठकले यादवको उम्मेदवारी फिर्ता गराएर रामसहाय यादवको उम्मेदवारी कायम गराउने निर्णय गरेको हो ।
जसपा प्रवक्ता मनिष सुमनले रामसहायको उम्मेदवारी कायम राखेर प्रमिलाको फिर्ता गराउने जानकारी दिए । रामसहाय नै पार्टीको आधिकारिक उम्मेदवार भएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।