प्रतिनिधिसभामा दोस्रो ठूल दल एमालेकाे प्रमुख सचेतकमा पूर्वमन्त्री पदम गिरी नियुक्त भएका छन्। पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री थिए।
आइतबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
एमालेले निर्वाचन सकिएको झन्डै चार महिनापछि प्रमुख सचेतक
नियुक्त गरेकाे हाे । एमालेले हालसम्म संसदीय दलको उपनेता चयन गरेको छैन।
एमालेले महेश बर्तौलालाई सचेतकमा नियुक्त गरेको छ। उनी मकवानपुरबाट निर्वाचित सांसद हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।