सरकारमा जानुपरे कारण स्पष्ट पारेर मात्र सहभागी हुन्छौँ : रवि लामिछाने
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । सोमबार बिहान भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गरिरहेको बताए । 

‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन’, लामिछानेले भने, ‘सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परे कारण स्पष्ट पारेर मात्रै सहभागी हुने छौँ ।’

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने लामिछानेले जानकारी दिए।

आगामी १० वैशाखमा हुने चितवन–२ को उपनिर्वाचनको तयारी सुरु गरेको पनि उनले बताए ।  





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार ११:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया