यस्तो हुनेछ देशभरका सरकारी कार्यालयमा रहने राष्ट्रपतिको तस्बिर

देशभरका सरकारी कार्यालयमा रहने राष्ट्रपति रामचन्द्र पौडेलको आधिकारिक तस्बिर सार्वजनिक भएको छ । राष्ट्रपति कार्यालयले वेबसाइटमार्फत राष्ट्रपति पौडेलको आधिकारिक तस्बिर सार्वजनिक गरेको हो ।

राष्ट्रपतिको तस्वीर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने प्रचलन छ ।
पौडेलले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेपछि वेबसाइटमार्फत आधिकारिक तस्बिर सार्वजनिक भएको हो ।

५ वर्षे कार्यकालका लागि पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । पौडेलको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बिदा भएकी छन् ।





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार १६:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया