राष्ट्रपति पौडेललाई पाकिस्तानको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो। 

साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ। 

‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई,’ सन्देशमा भनिएको छ,  ‘नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं।’





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार १९:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया