वीर अस्पतालले पाँचजना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । अस्पतालले पाँचौं तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।
अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरूलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाइएको अस्पताले जनाएको छ ।
अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।