चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्। मंगलबार राष्ट्रपति सीले पौडेललाई मंगलबार बधाई सन्देश पठाएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।
‘सन् १९५५ मा कूटनीतिक सम्बन्धपछि ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहायताको एक राम्रो उदाहरण स्थापित गरेका छौँ, सीको सन्देशमा भनिएको छ, ‘स्वस्थ सम्बन्ध र स्थिर विकास बनाइरहेका छौँ।’
नेपालसँगको सम्बन्धलाई आफूले सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले भनेका छन्, ‘हामीले चीन–नेपाल सम्बन्धलाई अझै विकसित बनाउँदै लैजान महत्व दिएका छौँ ।’
दुई देशबीचको परम्परागत मित्रता अघि बढाउन, आपसी राजनीतिक विश्वास मजबुत गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहयोग अघि बढाउन पौडेलसँग मिलेर काम गर्न तयार रहेको उनको सन्देशमा उल्लेख छ ।
राष्ट्रपति सीले सांस्कृतिसँगै जनस्तरको सम्बन्ध आदान(प्रदानलाई पनि प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।