उपत्यकाभित्रका उपमेयरले गठन गरे ‘उपप्रमुख सञ्जाल’, संयोजकमा सुनिता डंगोल

काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले ‘उपप्रमुख सञ्जाल’ गठन गरेका छन् । मंगलबार बालाजुमा भएको भेलाले काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल संयोजक रहने गरी ‘उपप्रमुख सञ्जाल’ गठन गरिएको हो ।  

कानुनले उपप्रमुखलाई दिएका अधिकार बारेमा समान धारणा निर्माण गर्ने, साझा मुद्दाहरूमा सहकार्य गर्दै जाने, चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान खोज्न सञ्जाल गठन गरिएको उनीहरूको भनाइ छ ।

सञ्जालले सामूहिक क्षमता विकास र कानुनी तथा संस्थागत विकासमा सहकार्य गर्ने पनि बताइएको छ ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार ८:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया