राष्ट्रपति कार्यालयले सच्यायाे राष्ट्रपति पौडेलको तस्बिर

राष्ट्रपति कार्यालय शीतलनिवासले राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर सच्याएकाे छ । २९ फागुनमा पदको सपथ लिएलगत्तै वेबसाइटमार्फत सार्वजनिक गरेकाे तस्बिरमा अनुहारकाे काेठी मेटाएकाे पाइएपछि चाैतर्फी आलोचना भएकाे थियाे । 

मुलुकभरका सरकारी कार्यालयमा झुन्ड्याउने प्रयोजनका लागि 
सार्वजनिक गरिएकाे तस्बिरमा धेरै सम्पादन भएका कारण आलोचित भएको हो। 

राष्ट्रपति कार्यालय शीतलनिवासले बुधबार वेबसाइटमा राष्ट्रपति पौडेलको पुरानो तस्बिर हटाएर नयाँ राखेको छ। पछिल्लो तस्बिरमा  राष्ट्रपति पौडेलका दुवै गालाको कोठी जस्ताकाेतस्तै देख्न सकिन्छ।

कार्यालयले आफ्नो वेबसाइटमा त्रुटिवश तस्बिर राखिएको भन्दै दुई दिनमै नयाँ तस्बिर फेरेको हो।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १६:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया