कांग्रेसविरुद्ध निर्वाचन आयोगमा एमालेकाे उजुरी

नेकपा (एमाले)ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा गरेको निर्णयका आधारमा एमालेले उजुरी दिएकाे हाे । 

आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो । 

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेकाे एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेबाट मौनअवधि सुरू भएको थियाे । तर, कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनलाई प्रभावित गर्नेगरी कुनै उम्मेदवरको पक्षमा निर्णय गरेर प्रचारप्रसार गरेको भन्दै एमालेले उजुरी दर्ता गरेको हो ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १८:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया