ब्रेक्जिट मुद्दामा बेलायती प्रधानमन्त्रीलाई ठूलो झट्का, ३ सांसदले त्यागे सत्तारुढ पार्टी

लन्डन– बेलायतको कन्जरभेटिभ पार्टीका तीन सांसदले सरकारको ब्रेक्जिटसम्बन्धी गतिविधिमा असहमति जनाउँदै पार्टी परित्याग गरेका छन् । 

विधायक अन्ना सौब्री, हेइडी अलेन र सारा ओलास्टनले बुधबार सत्तारुढ पार्टीबाट राजीनामा दिएका हुन् । 

प्रधानमन्त्री टेरेसा मेको बेलायतलाई युरोपियन युनियनबाट अलग गराउने रणनीतिप्रति उनीहरुले असहमति राख्दै आएका थिए । अब, उनीहरु यसै हप्ता लेबर पार्टीका पूर्वसांसदहरुले बनाएको ‘स्वतन्त्र समूह’मा आबद्ध हुनेछन् । 

प्रधानमन्त्री मेलाई लेखेको पत्रमा यी तीन विधायकले कन्जरभेटिभ पार्टीले ‘राजनीतिक केन्द्रभूमि त्यागेको’ आरोप लगाएका छन् । ‘हाम्रा लागि पार्टी छोड्ने अन्तिम कारण ब्रेक्जिटमा यो सरकारको ‘डिजास्ट्रस ह्यान्डलिङ’ रह्यो,’ पत्रमा उनीहरुले लेखेका छन् । 

बेलायतको मार्च २९ मा इयुबाट अलगिने निर्णय र अहिलेसम्म सम्बन्धविच्छेदबारे कुनै सम्झौता नभएको अवस्थामाथि टिप्पणी गर्दै उनीहरुले सरकारले ‘विनासम्झौता मुलुकलाई खतरनाक मार्गमा डोर्याएको’ आरोप लगाएका छन् ।

उनीहरुको यो कदम प्रधानमन्त्री मेको ब्रेक्जिट मुद्दामा पार्टीलाई एक गराउने प्रयासमा ठूलो झट्का हो । 





  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार २१:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया