नेपाली कांग्रेसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ। मौन अवधिको उल्लंघन गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने निर्णय सार्वजनिक गरेको भन्दै राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसलाई स्पष्टीकरण सोधेको हो । 

मौन अवधि प्रारम्भ भएपछि कांग्रेसले गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो। 

कांग्रेसको सो निर्णयपछि नेकपा एमालेका सांसद प्रेमबहादुर महर्जनले निर्वाचन आयोगमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा कार्यालयले कांग्रेस केन्द्रीय कार्यालय सानेपाका नाममा जवाफ माग गरेको हो। 





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १९:४३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया