बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने
फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

उनले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

केही हप्ताअघि केन्द्रमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राप्रपाबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीले राजीनामा दिएका थिए । राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।  





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार १२:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया