नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएर बाध्यता भएकाे बताएका छन् । कानुनका विद्यार्थीसँग केपी ओली कार्यक्रममा ओलीले राष्ट्रपतिलाई प्रस्तुत गरेका आधार भरपर्दो लागेन भने प्रधानमन्त्रीले निर्वाचनको मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुपर्ने बताएका हुन् ।
संविधानले प्रधानमन्त्रीलाई बाध्य पारेको उनकाे दाबी छ । आफूले गरेको संसद विघटनको बचाउ गर्दै उनले आफूले दोस्रो पटकको विघटन बाध्य भएर गरेको बताए।
कार्यक्रममा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार गठन गर्ने बताए। विश्वासको मत नपाए संविधानअनुसार ठूलो पार्टीका हिसाबमा कांग्रेसले सरकार बनाउने उनकाे भनाइ थियाे ।
उनले कांग्रेसले पनि सरकार बनाएर विश्वासको मत नपाए प्रतिनिधिसभाको कुनै एक सदस्यले बहुमत पुष्टि गरे प्रधानमन्त्री नियुक्त हुने बताए। यदि त्यसो हुन नसके संसद विघटन हुने ओलीकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।