नेकपा सचिवालय वैठक बस्दै

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । सांठगनिक एकीकरण कार्यदलले बुझाएको प्रतिवेदनमाथि कार्यदलका सदस्यहरूसहित सामूहिक छलफल गर्न सचिवालय वैठक बोलाइएको हो । वैठक विहान ९ बजेबाट बस्ने प्रवक्ता नाराण्काजी श्रेष्ठले जानकारी दिए  । 

कार्यदलले सोमबार पार्टी एकताको बाँकी काम टुंगो लगाएर सचिवालयलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालयमा छलफल भएको थियो । आज बस्ने वैठकमा प्रतिवेदनमाथि थप सामूहिक छलफल गरेर निष्कर्षमा पुग्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आजको संयुक्त बैठकबाट एकतासम्बन्धी विषयलाई टुंगो लगाउने र देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ । 

पार्टीको स्थायी समितिको गत पुस १२ को बैठकले सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा, महासचिव पौडेल, स्थायी समिति सदस्य वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शङ्कर पोखरेल रहेको कार्यदललाई एकता टुङ्गो लगाउन जिम्मेवारी दिइएको थियो ।  

 





  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार ८:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया