नेपालले विश्वकप छनोट खेल्न पाउने भएकोमा राष्ट्रपति पौडेल खुसी

नेपाल एकदिवसीय क्रिकेट विश्वकप प्रतियोगिताको छनोट खेल्न पाउने भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले खुसी व्यक्त गरेका छन् ।

उनले नेपाली टोलीलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । नेपालले आज आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराएको थियो । राष्ट्रपति पौडेलले नेपाली टोलीको प्रशंसा गर्दै खुसी व्यक्त गरेका हुन् । 

आजको खेल जित्दै नेपाल लिग–२ को तालिकाको शीर्ष तीनमा परेको हो ।  डकवर्थ एन्ड लुइस मेथडअनुसार नौ रनको जित निकाल्दै नेपाल लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि सीधै छनोट खेल्ने तेस्रो टिम बनेको छ ।





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार २०:३०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया