सातामा प्रतितोला ५ हजार रुपैयाँ भन्दा बढ्यो सुनको मूल्य

नेपाली बजारमा यो साता सुनको मूल्य बढेको छ । बजारमा सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० रुपैयाँ थियो । सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा भने बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको छ ।

आइतबार एकैदिन तोलामा १७ सयले बढेको थियो । यस्तै, सोमबार ६०० रुपैयाँ र मंगलबार १६ सय रुपैयाँले बढेको थियो ।  बुधबार स्थिर रहेको सुनको मूल्य विहीबार १ हजारले बढ्नुका साथै शुक्रबार ४०० रुपैयाँले बढेको थियो । 





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १२:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया